साँखुबाट १४ जना जुवाडे पक्राऊ

कात्तिक १७, साँखु । काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले रु एक लाख ८२ हजार ८७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ स्थानीय राजकुमार तामाङको होटलमा तास खेलिरहेका बेला ताससहित पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । धनकुटा घर भई काठमाडौँ थली बस्ने ४१ वर्षीय मानबहादुर माझी, नुवाकोट घर भई साँखु बस्ने ३२ वर्षीय बाबुराम तामाङ, काभ्रे घर भई साँखु बस्ने ३५ वर्षीय सुरेश लामा लगायत १४ लाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

नियन्त्रणमा रहेका उनीहरूलाई महानगरीय प्रहरी बृत बौद्ध लगिएको र कारबाहीका लागि अनुसन्धान भइरहेको बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.