मानवअधिकार तथा कूटनीति सम्बन्धी तालिम सम्पन्न

कात्तिक १६, काठमाडौं । परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्रसंघीय तालिम तथा अनुसन्धान संस्था (यूनीतार) को संयुक्त आयोजनामा काठमाडौंमा सुरु भएको पाँच दिने तालिम शुक्रबार सम्पन्न भएको छ । ‘सम्मेलन कूटनीति, बहुपक्षिय वार्ता तथा मानवअधिकार’ विषयक उक्त तालिम कार्तिक १२ देखि सुरु भएको थियो ।

तालिममा बहुपक्षिय कूटनीति तथा मानवअधिकार परिषद् अन्तर्गत हुने सम्मेलन सहभागी हुने, सम्मेलन सञ्चालन गर्ने तथा प्रतिनिधिमण्डलको तर्फबाट पालना गर्नुपर्ने प्रक्रियाहरुलाई राष्ट्रसंघको महासभा, सुरक्षा परिषद, अन्य विभिन्न निकायहरु तथा सार्कमा गरिने अभ्यासहरुलाई नमुना सम्मेलनको रुपमा सहभागीहरुले प्रस्तुत गरेका थिए ।

तालिमको समापन समारोहमा परराष्ट्र सचिव शंकरदास वैरागीले तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने बताए । उनले यस्ता कार्यक्रम सञ्चालन गरी कर्मचारीको क्षमता अभिवृद्धि गर्न परराष्ट्र प्रतिबद्ध रहेको समेत जनाए ।

तालिममा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीका अधिकृत तथा उच्च अधिकृत तहका ३४ जना कर्मचारीहरु सहभागी थिए । तालिममा स्रोत व्यक्तिको रुपमा संयुक्त राष्ट्र संघीय तालिम तथा अनुसन्धान संस्थाका विशेषज्ञ तथा स्वीडेनका कूतनीतिज्ञ लार्स टिल्फर्स तथा राष्ट्रसंघको जेनेभा मुख्यालयका मानव अधिकार विशेषज्ञ युसीफ हम्दान रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.