कात्तिक १६, काठमाडौं, । अघिल्लो तिहारका बेलाभन्दा यसपटक महंगीले सेकेको छ । भाइटीकामा दीर्घायुको कामनासँगै दाजु–भाइलाई उपहारका रुपमा दीने भाइ मसालाको मूल्य अघिल्लो वर्षको तुलनामा झण्डै ७० प्रतिशतले बढेको छ ।
भाइमसला भन्नाले काजु, किसमिस, पेस्ता, नरिवल, बदाम, मिस्रीलगायतलाई बुझिन्छ । तिहारमा दिदी–बहिनीले दाजु–भाइलाई दिने ‘भाइमसला’को भाउ यस वर्ष अत्यधिक बढेको छ ।
मूल्यबृद्धि भएको वस्तु अघिल्लो वर्ष (प्रतिकेजी) अहिले (प्रतिकेजी)
भाइमसलाको मूल्य अत्यधिक बढेपछि उपभोक्ता मारमा परेका छन । तर, व्यापारी अघिल्लो वर्षको तुलनामा भाउ केही बढेको भएपनि ७० प्रतिशतले नै मूल्यबृद्धि भने नभएको दावी गर्छन ।
खुद्रा बजारमा मूल्यबृद्धि मुख्य समस्या भएपनि अनुगमन नहुँदा उपभोक्ता ठगिदै आएका छन । पसलै पिच्छे फरक–फरक मूल्य अर्को समस्या हो । भाई मसलाका सामग्री भारत, चीनसहित बेलायत, इटाली, भियतनाम, यूएई, इण्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगायत मुलुकबाट आयात गरिन्छ । आयातमा बढ्दो निर्भरता पनि देखिएको छ । यसले मूल्य बृद्धिलाई बढावा दिएको छ ।

