अग्नी सुरक्षाबारे यसो भन्छन् सांसद, प्रशिक्षक र सहभागीहरु (भिडियो सहित)

राजधानीको गोकर्णेश्वर नगरपालिका स्थित खगेन्द्र नवजीवन केन्द्रमा सरोकार फाउण्डेशन तथा सकारात्मक विकास सञ्चार केन्द्र लगायत विभिन्न सामाजिक संस्थाहरुको आयोजनामा अग्नि सुरक्षा सप्ताहव्यापी सचेतना कार्यक्रम अन्र्तगत अपाङ्गता भएका व्यक्तिहरुलाई अग्नी सुरक्षा सम्बन्धि तालिम प्रदान गरिएको छ ।

आगलागी मानव सृजित विपत्ति हो । मानवीय सावधानीबाट यसलाई कम गराउन सकिन्छ । अन्य समयमा भन्दा तिहारमा आगो र विजुलीको धेरै प्रयोग हुने भएकोले आगलागीको सम्भावना पनि उत्तिकै बढी हुन्छ । यो जोखिम घटाउन सचेतनामुलक कार्यक्रम गर्न महत्वपूर्ण रहेको छ । विशेष गरी भान्सामा हुने आगलागी कसरी नियन्त्रण गर्ने र त्यस प्रकारका विपद हुन नदिन के गर्ने भन्ने विषयमा शैद्वान्तिक र प्रयोगात्मक रुपमा तालिम दिइएको हो ।

भिडियो रिर्पोट हेर्नुहोस्

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.