३ महिनामा १२ प्रतिशत पूँजीगत खर्च

कात्तिक १४, चितवन । जिल्लामा रहेका सरकारी कार्यालयले गत तीन महिनामा पूँजीगत खर्च १२ दशमलब ४४ प्रतिशत मात्र गरेका छन् ।

जिल्लामा निकासा भएको कूल पूँजीगत खर्च रु एक अर्ब ९० करोड ६४ लाख १५ हजारमध्ये चालु आर्थिक वर्षको तीन महिनामा रु २३ करोड ७१ लाख ६४ हजार १४९ मात्र खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका सूचना अधिकारी कृष्णबहादुर अधिकारीका अनुसार पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय र नारायणगढ मुग्लिन सडक आयोजनाले मात्र यस वर्ष पूँजीगत खर्च गरेका छन् । अन्य कार्यालयले भने खर्च नगरेको बताए ।

अधिकारीले अहिलेको समय ठेक्काको बोलपत्र आह्वान गर्ने, ठेक्का सम्झौता गर्ने काम मात्रै भएकाले पूँजीगत खर्च कम भएको बताए । । गएको तीन महीनामा पूँजीगत खर्चको तुलनामा चालु खर्च भने केही बढी भएको देखिएको छ ।  चालु खर्चका लागि रु सात अर्ब पाँच करोड ७४ लाख २९ हजार निकासा भएकामा तीन महीनामा रु दुई अर्ब १७ करोड १६ लाख १५ हजार खर्च भएको कार्यालयले जनाएको छ । जिल्लामा बजेट निकासा हुने कार्यालय ६७ वटा रहेका छन् । –कारोबार दैनिक

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.