बस र टिप्पर एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु

कात्तिक १२, बुटवल । पूर्व–पश्चिम राजमार्गमा बस टिप्पर एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे जंगलमा बस र टिप्पर ठोकिंदा तीनजनाको मृत्यु भएको हो ।

दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नम्बरको टिप्पर एक आपसमा ठोकिंदा दुर्घटना भएको हो । दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.