खैरो हेरोईन सहित ३ जना पक्राउ

कात्तिक १२, दाङ । दाङमा लागू औषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गढवा दाङले गढवा गाउँपालिका वडा नं १ जुरेनीबाट बाँके बैजनाथ गाउँपालिका वडा नं १ का नर बहादुर पाण्डे, भिमसिंह रोकाया र वडा नं २ मकैबारी निवासी छवि गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक पञ्चलाल गोलेका अनुसार उनीहरुको साथबाट से.१. च ११९० नम्बरको बोलेरो जिप, दुईग्राम खैरो हेरोइन र गाँजा जस्तो देखिने लागुऔषध १६ ग्राम बरामद भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत जुरेनीमा पोखराबाट कोहलपुरतर्फ आउँदै गर्दा जाँचका क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.