कात्तिक ११, पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटवलका भिम सार्कीले अर्धशतक पूरा गरेका छन् । ४० बल खेलेका सार्कीले ३ छक्का र २ चौकाको मद्दतमा ५२ रन बनाएका हुन् ।
ताजा अवस्थामा बुटवलले १७ औं ओभरको समाप्तिमा १२२ रन बनाएको छ । बुटवलका सार्की ५१ रनमा खेलिरहेका छन् भने सिद्धार्थ लोहनी १३ रन बनाएर आउट भएपछि कप्तान सोमपाल कामी मैदान प्रवेश गरेका छन् । पोखराका शरद भेषवाकर, ललित नारायण राजवंशी, मोहमद नाभिद र मेहबुब आलमले समान एक—एक विकेट लिएका छन् ।

