कोका–कोलाको पीईटी बोतल पुनःप्राप्ति योजना विस्तार

कात्तिक ११, काठमाडौं । आफ्नो रणनीतिक ध्यानका साथ, रिसाइकिलिंग र फोहोर व्यवस्थापनमा कोकाकोलाले नेपालमा आफ्नो पीईटी बोतल पुनःप्राप्ति परियोजनाको विस्तार गरेको जनाएको छ । यस पहलको भागको रूपमा, कोकाकोला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुर चितवन नजिकै एक नयाँ पीईटी पुनःसंकलन केन्द्र स्थापित गर्ने भएको छ ।

कोकाकोला नेपालमा आफ्नो वर्तमान पीईटी फोहोर रिकवरी प्रयासमा गति प्रदान गर्न परियोजनामा लगभग २ लाख ७० हजार डलर लगानी गर्ने योजना बनाएको छ । क्रिएसनसँगको साझेदारीमा यो परियोजनाले स्थानीय नगरपालिका, व्यापार प्रतिष्ठान, नागरिक र फोहोर संकलनहरुसँग सहयोग लिँदै नेपाललाई पीईटी फोहोर पुनःसंकलनको समाधान खोज्नतर्फ अनुकारण गरेको विज्ञप्तिमा जनाइएको छ । यस पहलमा बोल्दै, कोकाकोला कम्पनीका एशिया प्रशांत क्षेत्रका अध्यक्ष जन मर्फीले भने, “नेपालमा वर्ल्ड विथआउट वेस्ट सुरुवात गर्नका लागि आफ्नो प्रतिवद्धता बिस्तार गर्दा मलाई एकदम खुसी लागेको छ । हामी हाम्रो पुनःसंकलन र फोहोर व्यवस्थापनको प्रयासहरूलाई अझै बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम जारी गरिरहने छौ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.