धेरै तनाव लिनेलाई स्मरण शक्तिमा ह्रास– अध्ययन

स्वास्थ्यखबर ।
जो मानिस धेरै तनाव लिएर बाँचिरहेका छन्, उनीहरु सजग हुनुपर्ने बेला आएको छ। यदि तपाईं धेरै तनाव लिएर जीवन जिउँदै हुनुहुन्छ भने तपाई ५० वर्ष नपुग्दै तपाईंको स्मरण शक्तिमा ह्रास आउनुका साथै मष्तिष्क संकचुन पनि गराइदिने एक अध्ययनले बताएको छ। यो अध्ययन जर्नल न्युरोलोजीमा प्रकाशित भएको हो।

युटी हेल्थ स्यान एन्टानियोकाका न्युरोलोजी प्रोफेसर डा सुधा सेसाद्रीका अनुसार अध्ययनमा युवा उमेरमै स्मरण शक्ति घट्नुका साथै मष्तिष्क संकुचन भएको पाइएको छ। त्यसैले तनवारहित जीवन जिउनको अर्को विकल्प छैन। उच्च मात्रामा रहेको कोर्टिसल नामक स्टे«स हार्मोनले मष्तिष्कको कार्य, आकारको अनुमान गर्ने गर्दछ। कोर्टिसल हाम्रो शरीरको मुख्य स्ट्रेस हार्मोन हो जब हामी एकदम तनावमा हुन्छौँ एड्रिनल ग्ल्यान्डले अझ धेरै कार्टिसल उत्पादन गर्छ। त्यो हार्मोनले शरीरका विभिन्न क्रियाकलापहरु बन्द गराइ जीवन जिउन अप्ठ्यारो पार्छ।

त्यसैले कोर्टिसलको मात्रा बढ्यो भने यसले शरीरले काम गर्न छोड्नुका साथै चिन्ता बढ्ने, मुटु रोग, टाउको दुख्ने, तौल बढ्ने, निद्रामा गडबडी हुनुका साथै स्मरण शक्ति र एकाग्रतामा पनि कमी ल्याउँछ। विज्ञहरुका अनुसार मष्तिष्कको विशेष तह कमजोर हुने हुनाले सबै पोषक तत्वहरुले यसलाई अनुकुल गर्न आवश्यक छ । केथ फोले भन्छन, ‘मष्तिष्क एकदम भोको अंग हो यसलाई स्वस्थ्य बनाइरहन र राम्ररी सञ्चालन गर्न धेरै मात्रामा पोषक तत्व र अक्सिजनको आवश्यकता पर्छ।’ पहिलाका अध्ययनहरुले पनि कोर्टिसल र डिमेन्सिया (बिसिर्नेरोग) बीच सम्बन्ध रहने बताएका थिए । यसमा चाहिँ मुख्य गरी बुजु्रक र मेमोरी क्षेत्रबिचको अध्ययन गरिएको छ, जसलाई हिप्पोक्याम्पस भनिन्छ।

सेसाड्री भन्छन् अध्ययन ४८ उमेर हाराहारीका महिला र पुरुषमा गरिएको थियो । अध्ययनमा उनीहरुको हिप्पोक्याम्पस मात्र होइन, सम्पूर्ण मष्तिष्कको एमआरआइ पनि गरिएको थियो।  अध्ययनकर्ताहरुले डिमेन्सिया नभएका करिब दुई हजार जना मानिसहरुालई मनोवैज्ञानिक परिक्षा दिन लगाएका थिए। जसमा उनीहरुको सोच्न शक्ति पत्ता लगाउन लिइएको थियो। यो अध्ययन फ्रेमिङघम हर्ट स्टडीको को एक पाटो हो । आठ वर्षपछिको प्रारम्भिक परिक्षण पछि फेरि त्यो समुहलाई पुनः मुल्यांकन गरियो । बे्रकफास्ट भन्दा अगाडी ब्लड सेरम कोर्टिसल जाँचियो । मष्तिष्कको एमआरआइ गरियो र मेमोरी टेस्ट पनि धेरै चोटी गरियो। अध्ययनमा जब उमेर, लिंग, उचाइ तौल अनि धुमपान पनि जाँचियो र अध्ययनले के पत्ता लगायो भने उच्च मात्रामा कोर्टिसल भएका व्यक्तिमा स्मरण शक्ति कम हुने हुन्छ। फोले भन्छन् म यो नतिजाबाट चकित भइँन किनकी जसमा उच्च मात्रामा कोर्टिसल छ उसलाई पक्कै पनि कुनै काम गर्न र बुझ्नमा कठिनाइ हुन्छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.