कात्तिक १०, काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा राजधानीमा उल्लाहसका साथ सम्पन्न भएको छ । स्वास्थ्यका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भए पनि कार्यक्रममा अर्का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरुको सहभागी रहेका थिए ।

देशभरका सांसद, मुख्यमन्त्रीदेखि नेता कार्यकर्ताको भीडमा चलेको शुभकामना आदानप्रदान तथा चियापानमा प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउबा, राप्रापाका अध्यक्ष पशुपति शम्सेर राणा, काँग्रेसकै नेता प्रकाशमान सिंह, पूर्व सांसद रामहरी खतिवडा लगायत थुप्रै नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा आएका आगुन्तकहरुलाई भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता सीताराम यचुरीले समेत स्वागत गरेका थिए ।

राजधानीको भृकुटीमण्डपमा भएको कार्यक्रममा नेता, कार्यकर्ता र विभिन्न क्षेत्रका व्यक्तिहरु उपस्थित भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने उपस्थित रुघाखोकीले स्वास्थ्यमा समस्या देखिएकाले उपस्थित हुन नसकेको उनका स्वकीय सचिव राजेश बज्राचार्यले बताए । भृकुटीमण्डपको लाइन टुकुचासम्म नै देखिन्थ्यो । लाइन नलागेकाहरुलाई स्वयसेवकले छिर्न दिएका थिएनन । चियापानमा पुगेका मन्त्रीहरु एक्लै घुमिरहेका देखिन्थे । कानुनमन्त्री भानुभक्त ढकाल भिडमा सेल्फी खिच्नेले घेरिएपछि एकछिन सुरक्षा गार्ड समेत हराएका थिए ।

कुटनीतिक नियोगका अधिकारीका लागि विषेश ठाउँको व्यवस्था गरिएको थियो । कार्यक्रममा चलिरहेको गीत संगितको माहोलले पत्रकारहरुलाई भने नेताहरुसँग कुराकानी गर्न अप्ठ्यारो भएको थियो । नेतासँग, शुभकामना लेखिएको बोर्डमुनी सेल्फी खिच्नेको भिडभाड थियो ।

