तीनचुलीस्थित गुम्बामा आगलागिबाट लाखौंको क्षति

कार्तिक १०, काठमाडौं । काठमाडौं तीनचूलीमा रहेको नाम्गेल झ्याङछ्युव छ्योलिङ गुम्बामा सुक्रबार राति लागेको आगलागिबाट लाखौंको क्षति भएको छ ।

विद्युत सर्ट भई शुरु भएको आगलागि नजिकै रहेको जेनेरेटरमा सल्किएको बताईएको छ । जेनेरेटरमा आगोसल्किए पछि आगो अनियन्त्रित भई गुम्बामा क्षति पुगेको हो ।

आगलागिबाट बहुमुल्य बुद्ध मुर्तिहरु, पुजा सामग्री, थाङ्का, फर्निचर, धार्मिक पुस्तक, कम्प्युटर लगायत जलेर ठूलो क्षति भएको छ । आगलागिबाट करिब १ करोड ८ लाखको क्षति भएको गुम्बाका सदस्य वशन्त लामाले बताउनु भयो ।

राति नौ बजे शुरु भएको राती काठमाडौंका ३ वटा दमकलको सहयोगमा ३ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।

१० वर्ष अघि अवतारी लामा टुल्कु लोसाङ नाम्ज्ञ्ालले निर्माण गर्नु भएको तीनचुलीस्थित नाम्गेल झ्याङछ्युव छ्योलिङ गुम्बामा बौद्ध शिक्षा, पुजापाठ हुँदै आएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.