चितवन राइनोजलाई तेस्रो सफलता

कात्तिक १०, पोखरा । पारख खड्काको चितवन राइनोजलाई तेस्रो सफलता मिलेको छ । मध्यम गतिका बलर रामनरेश गिरीले आफ्नो तेस्रो बलमा बुटबलका भिम सार्कीलाई करण केसीमार्फत क्याच गरे ।

भिमले १० बल खेलर २ रनमात्र बनाउन सके । छैटौं अभोर सकिँदा बुटबलले तीन विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ । सागर पुन १७ तथा शंकर राना ४ रन बनाएर खेलिरहेका छन् । पोखरा प्रिमियर लिग (पिपिएल) मा बुटबल ब्लास्टर्सले राम्रो सुरुआत हुन सकेको छैन । चितवनका तिब्र गतिका करण केसीले पहिलो ओभरमै बुटलका ओपनर चिराग सुरी र अर्का ब्याट्सम्यान रोहन मुस्तफालाई पवेलियनको बाटो देखाइसकेका छन् । चिरागले १ रन जोडे भने रोहनले रनको खाता खोल्न सकेनन् । पोखराकै खेलाडी करणले चिरागलाई बोल्ड गरेका थिए भने रोहनलाई विकेटकिपर अनिकुमार शाहमाफर्त क्याच गरेका थिए ।

पोखराको पोखरा रंगशालमा चितवन राइनोजका कप्तान पारस खड्काले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । ब्याटिङ थालेको बुटबलमा युनाइटेड अरब इमिरेट्सका चिरग सुरी, रोहन मुस्तफा, सागर पुन, सिद्धान्त लोहनी, सोमपाल कामी, ललितसिंह भन्डारी, शंकर राना, अभिनाष बोहरा, विपिन खत्री र प्रकास केसी रहेका छन् । चितवनमा पारस खड्का, अनिलकुमार शाह, भुवन कार्की, रामनरेश गिरी, सन्नी पटेल, आरिफ शेख, शक्ति गौचन, करण केसी, समित पटेल, हरिशंकर शाह र सोनु तामाङ रहेका छन् । सन्नी पटेल र समित पटेल भारतका खेलाडी हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.