भूकम्पपीडितका लागि ल्याइएको २५ करोडका जस्तापाता ३ वर्ष देखि अलपत्र

कात्तिक १०, काठमाडौं । राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पु¥याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्ष देखि अलपत्र परेको छ ।

नेपाल खाद्य संस्थानको खुला चौरमा विद्यालयका लागि भनेर आएको जस्तापाता खिया लागेर सड्न थालेकोे छ । खुला चौर र वर्षामा चुर्लुम्म पानीमा डुब्ने तथा बाँकी समयमा घामले गर्दा असरल्ल राखिएको जस्तापाता खिया लागेर सड्न थालेको हो ।

२०७२ भदौमा वीरगन्जस्थित सुक्खा बन्दरगाह हुँदै आइपुगेको जस्तापाता साल्ट ट्रेडिङ कर्पोरेसनले केही समयका लागि राख्न भनी नेपाल खाद्य संस्थान वीरगन्ज शाखाको खुला ठाउँ प्रयोग गरेको खाद्य संस्थान वीरगन्ज शाखाका निमित्त प्रमुख अम्बिकाप्रसाद घिमिरेले बताए । तीन वर्ष भन्दा लामो समय देखि यतिकै घामपानीले सड्ने ठाउँमा राखिएको जस्तापाता भूकम्प गए लगत्तै भूकम्पबाट क्षतविक्षत भएको विद्यालयलाई उपलब्ध गराउने भनी कर्पोरेसनले मगाएको आफूले सुनेको उनको भनाइ छ । भारतको कोलकातास्थित जिन्दल कम्पनीबाट साल्ट ट्रेडिङ कर्पोरेसनले २०७२ सालको भूकम्प लगत्तै मगाई खाद्य संस्थानको खाली जग्गामा राखिएको कर्पोरेसन क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख अमोद लामिछानेले स्विकारे ।

‘सरकारले जस्तापाता खरिद गर भनेपछि साल्ट ट्रेडिङले २५ करोड भन्दा बढीको लागतमा विभिन्न क्षतविक्षत विद्यालयका लागि भनी यो जस्तापाता मगाएको हो,’ उनले भने । जस्तापाता आइसकेपछि भने सरकारको कुनै ठोस निर्देशन नदिँदा जस्तापाता कता पठाउने भन्ने टुंगो नलागेपछि अलपत्र परेको उनको भनाइ छ । –राजधानीबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.