नेकपाको चियापान कार्यक्रम आज हुँदै

कात्तिक १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले शनिबार (आज) गर्न लागेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागिताका लागि सबैमा आह्वान गरेको छ ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मध्याह्न १२ बजे देखि बेलुकी ५ बजेसम्म आयोजना हुने कार्यक्रममा उपस्थितिका लागि सर्वसाधारण सबैलाई सो पार्टीले आह्वान गरेको हो । पार्टीका महासचिव विष्णुप्रसाद पौडेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीद्वारा प्रेषित निमन्त्रणा–पत्र प्राप्त हुन नसकेको भए पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपस्थितिका लागि सम्बद्ध सबैमा पार्टीको तर्फबाट हार्दिक आमन्त्रण गर्दछु ।”

महासचिव पौडेलका अनुसार मध्याह्न १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता र आम जनसमुदायलाई चियापानका लागि व्यवस्था गरिएको छ । त्यस्तै अपराह्न ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्री तथा सांसदहरू, संवैधानिक अङ्गका पदाधिकारी तथा सदस्यहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, सेवा निवृत्त पदाधिकारीहरु, विभिन्न पेशा तथा समुदायका विशिष्ट व्यक्तित्वहरुका लागि व्यवस्था गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.