पिपिएलमा पारस र सोमपालको टिम आज भिड्दै ः यस्तो छ चितवन र बुटवलको टिम

कात्तिक १०, काठमाडौं। नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० को आजको पहिलो खेल चितवन राइनोज र बुटवल ब्लाष्टरका बीच हुदै छ। नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोज र राष्ट्रिय टिमका तिब्र गतिका मुख्य बलर सोमपाल कामीले नेतृत्व गरेको बुटवल ब्लाष्टरबीचको यो खेल बिहान ९ बजे पोखरा रंगशालामा सुरु हुदै छ।

टिममा रहेका खेलाडीको चर्चा गर्दा दुवै टिममा युवा खेलाडी र अनुभवी खेलाडीको राम्रै जमघट रहेको छ। चितवनको टिममा राष्ट्रिय टिमका अल्राउनडर कारण केसी, भुवन कार्की, अनुभवी खेलाडी शक्ति गौचन तथा भारतीय खेलाडी सन्नी पटेलले बलिङ डिपार्टमेन्ट सम्हाल्ने छन भने कप्तान पारस खड्काले पनि बलिङमा राम्रो योगदान गर्नेमा कुनै शंका छैन।

त्यस्तै ब्याटिंगमा यस टिममा कप्तान पारस, मोहमद आरिफ शेख, अनिलकुमार शाह, सन्नी पटेल, आकास थापा जस्ता खेलाडीले सम्हाल्ने छन्। करन केसीले बल र ब्याट दुवैबाट योगदान गर्न सक्ने र खास गरि टी-२० क्रिकेटमा ठुलो योगदान गर्न सक्ने देखिन्छ।

त्यस्तै बुटवल ब्लाष्टरको टिम तुलनात्मक रुपमा चितवन भन्दा बलियो देखिन्छ। सोमपालले नेतृत्व गरेको यस टिममा बलिङमा सोमपाल, ललित भण्डारी, हरि चौहान, संसद सेख, भिम सार्की, युएइका कप्तान रोहन मुस्तफा रहेका छन भने ब्याटिंगमा सागर पुन, रोहन मुस्तफा, युएइकै चिराग सुरी, सिद्धान्त लोहोनी र सोमपालले पनि योगदान दिन सक्ने देखिन्छ।

यसरी हेर्दा दुवै टिममा युवा र अनुभवी खेलाडीको उपस्थिति देखिए पनि युएइका कप्तान रोहन मुस्तफाको उपस्थितिले बुटवललाई अलिकति बलियो देखाएको छ। ब्याटिंग र बलिङ दुवैबाट योगदान गर्न सक्ने मुस्तफाले यसअघि धनगढी प्रिमियर लिगमा पनि आफ्नो निर्णायक भूमिका खेल्दै धनगढीको टिमलाई प्रतियोगिता जिताउन ठुलो भूमिका खेलेका थिए ।

चितवन राइनोज ः पारस खड्का (कप्तान), शक्ति गौचन, करन केसी, मोहमद आरिफ सेख, अनिल कुमार शाह, भुवन कार्की, सोनु तामाङ, रामनरेश गिरी, सुमित महर्जन, बिनोद लामा, हरि शंकर शाह, आकास थापा, स्वप्निल, सन्नी पटेल (भारतीय), समित पटेल (भारतीय) ।

बुटवल ब्लाष्टर ः सोमपाल कामी (कप्तान), सागर पुन, ललित भण्डारी, हसिम अन्सारी, मोहमद सांसद सेख, भिम सार्की, हरि चौहान, सिद्धान्त लोहोनी, शंकर राना, पूर्ण बिक, प्रकाश केसी, अभिनाश बोहोरा, नितेश थापा, विपिन खत्री, अनिल खरेल, रविन्द्र जंग शाही, रोहन मुस्तफा (युएइ), चिराग सुरी (युएइ) ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.