स्कुल बसले किचेर एक बालकको मृत्यु

कात्तिक ९, राजविराज । आमाको हात छुटाएर बाटो काटने क्रममा स्कुल बसले किचेर शुक्रबार सप्तरीमा एक बालकको मृत्यु भएको छ ।

राजविराज–रुपनी सडक खण्डस्थित रुपनी गाउँपालिका २ मा ना।३ ख ७३९० नम्बरको बसले किचेर राजविराज नगरपालिका ८ बस्ने गुणानन्द यादवको छोरा पाँच वर्षीय शिवमकुमार यादवको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । राजविराज नगरपालिका ९ मलेठस्थित कालिका बोर्डिङ्ग स्कुलको बिद्यार्थी ओसारिरहेको ना. ३ ख ७३९० नम्बरको बसले ठक्कर दिंदा बालकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।
राजविराज ८ स्थित घरबाट रुपनी गाउँपालिकाको पौवास्थित साविकको घर गइरहेका बेला म्याजिक भ्यानबाट ओर्लिएका बालकका आमाले म्याजिक भ्यानको भाँडा तिरिरहेका बेला हात छुटाएर बाटो काटने क्रममा बालकलाई बसले ठक्कर दिएको हो ।

बालकको मृत्युपछि बेहोस भएकी आमा हिरादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मृतक बालकलाई पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । घटनालगत्तै बस छाडेर चालक फरार भएका छन् । बसलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बस चालकलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै स्थानीयवासीले आधा घण्टा चक्का जाम गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.