कात्तिक ९, विराटनगर । जेलको रड काटेर दुई जना अभियुक्त भागेका छन । विराटनरगमा प्रहरी हिरासतबाट बिहीबार राति ती दुई अभियुक्त भागेका हुन ।
दुई अभियुक्तलाई कर्तव्य ज्यान तथा अपहरण मुद्दा चलाउनका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएका थिए । थुनुवामा रहेको विराटनगर महानगरपालिकाका २० वर्षीय मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन फरार भएको प्रहरीले जनाए । उनीहरुलाई आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो।
थुनुवाले भेन्टिलेसनको ६ वटा फलामको रड काटेर फरार हुँदा समेत ड्युटीमा खटाइएको प्रहरीले थाहा नपाएपछि सात जना प्रहरीमाथि अनुसन्धान सुरु भएको मोरङ प्रहरीले बताए ।

