सनराइज बैंक पनि कनेक्ट आईपीएसमा आबद्ध

कात्तिक ९, काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस प्रणालीमा बुधबारबाट कारोबार सुरु गर्ने गरी सनराइज बैंकलाई उक्त प्रणालीमा आबद्ध गराएको छ ।

बैंकका ग्राहकहरूले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रतिकारोबार १ लाख रुपैयाँसम्मको अनलाइन भुक्तानीहरू गर्न सक्ने कम्पनीले जनाएको छ । यस प्रणालीमार्फत बैंकका ग्राहकहरूले आफूलाई एक पटकआबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरू जस्तै अनलाइन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानीलगायतका कारोबारहरू गर्न सक्ने व्यवस्था छन् । यस्ता सबै कारोबारहरू अनलाइनमार्पmत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुन्छ । हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको कर राजस्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.