पैदलयात्रीलाई ट्रककाे ठक्कर ः वृद्धा र बालक गरी ३ काे मृत्यु

कात्तिक ९, काठमाडौँ । काठमाडौँ उपत्यकामै ट्रकले पैदलयात्रीलारि ठक्कर दिँदा ३ जनाकाे ज्यान गएकाे छ । काठमाडाैँकाे लोलाङमा बाटाे हिँडिरहेका पैदलयात्रीलाई ट्रकले ठक्कर दिएकाे हाे ।

ना ६ ख ७८२५ नम्बरको सिमेन्ट बोकेको ट्रककाे ठक्करले एक बालक तथा एक वृद्धा गरी ३ काे ज्यान गएकाे हाे । ठक्करबाट दुरि जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे र अर्का एककाे उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।

मृत्यु हुनेमा ७० वर्षीय वृद्धा तिलकुमारी तिवारी, ६० वर्षीय सावित्री पुडासैनी तथा ३ वर्षीय बालक अजित तिवारी रहेका छन । ठक्कर ट्रकलाई नियन्त्रणमा लिरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.