ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कात्तिक ९, काठमाडौं । ट्रकको ठक्करबाट काठमाडौंमा बालकसहित तीन जनाको मृत्यु भएको छ । बालाजुको तारकेश्वर नगरपालिका स्थित जनजागृती मार्गमा ट्रकको ठक्करबाट तीन जना पैदल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक बृद्ध महिला, एक युवक र एक बालक रहेका छन् । मृतकको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ना ६ ख ७८२६ नम्बरको सिमेन्ट बोकेको ट्रकले बाटोमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको महानगरीय प्रहरी बृत बालाजुले जनाएको छ ।

ट्रकको ठक्करबाट दुई जनाको घटनास्थलमै र घाइते भएको बालकलाई ग्रीनसिटी हस्पिटलमा उपचारको लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.