५७ सालदेखि भ्रष्टाचार गरेर फरार रहेको रामकुमार पक्राउ

कात्तिक ८, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेको एक व्यक्तिलाई बिहीबार पक्राउ गरी सार्वजनिक गरेको छ।

पुनरावेदन अदालतले २०५७ साल पुस २१ गते अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा ललितपुर जिल्ला धापाखेल गाविस–९ का रामकुमार खड्कालाई रु एक करोड तेइस लाख त्रिपन्न हजार आठ सय असी जरिवाना र एक वर्ष कैद हुने ठहर गरेकोमा खड्का फरार रहँदै आएका थिए।

ब्यूरोले खड्कालाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए। खड्कालाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ। –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.