उपभोक्ता ठग्ने भद्रकाली आयल स्टोर्सलाई कारवाही

कात्तिक ८, काठमाडौं । उपभोक्ता ठग्ने पट्रोल पम्प माथि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ ।

बुधबार विभागको नेत्तृत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको प्रतिनिधि सम्मिलित अनुगमन टोलीले अनुगमणको क्रममा कागेश्वरी मनहरा– ९ को भद्रकाली आयल स्टोर्सलाई कारवाही गरेको हो । उक्त आयल स्टोर्सले पेट्रोलियम पदार्थ विक्री गर्दा पेट्रोल नोजलबाट मापदण्ड भन्दा कम परिणाममा बिक्री गरेको पाईएपछि विभागले कारवाही स्वरुप २ लाख जरिवाना गरेको छ ।

संरक्षण ऐन २०७५ को दफा १६ को खण्ड (ख) बमोजिमको निषेधित एवं अनुचित व्यापारिक क्रियाकलापमा समावेश भएको सोही ऐनको दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर कायम गरेको हुँदा सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम उक्त आयल स्टोर्सलाई जरिवाना गरिएको हो । उक्त आयल स्टोर्सले मापदण्ड अनुसारको परिणाममा बिक्री वितरणको व्यवस्था नमिलाएसम्म पेट्रोल वितरणको कार्य समेत राक्का गरिएको छ । –नेपाल समाचारपत्रबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.