कारवाहीस्वरुप स्वास्थ्य सचिव चौधरीको प्रधानमन्त्री कार्यालयमा सरुवा

कात्तिक ७, काठमाडौं । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । अवैध मेडिकल कलेजलाई अस्पताल सञ्चालनको अनुमति दिने कसरत गरेकी सचिव चौधरीको कारवाही स्वरुप प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।

सचिव भएसँगै विवादित बनेकी सचिव चौधरीलाई प्रधानमन्त्रीको कार्यालयमा काज सरुवा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए । आर्थिक प्रभावमा परेर सचिव डा। चौधरीले घट्टेकुलोस्थित काठमाडौं नेशनल कलेज प्रा।लि।लाई ३०० शैयाको अस्पताल सञ्चालन गर्नका लागि अनुमति दिन जोडबल गरेकी थिइन् ।

यहि विषयमा सचिव चौधरी मन्त्री उपेन्द्र यादवबीच विवाद नै भएको थियो । स्वास्थ्य सचिव डा। चौधरीको लबिङका बीच असोज दोस्रो साता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले काठमाडौँ नेशनल कलेजलाई अहिलेकै अवस्थामा अस्पताल चलाउन स्वीकृति दिन नसकिने भन्दै पत्र नै काटेपछि यो विषयले हल्लीखल्ली मच्चिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.