संघीय सरकारलाई ‘ओभरटेक’ गरे मुलुक ठूलो दुर्घटनामा जान्छः अध्यक्ष दाहाल

कात्तिक ६, जनकपुर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय सरकारलाई ‘ओभरटेक’ गरे मुलुक ठूलो दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् । प्रदेश २ को सरकारले संघीय ऐन आउनुअघि प्रदेश प्रहरी ऐन ल्याएर मुलुकमा दुर्घटनाको निम्ता गरेको बताए ।

उनले भने, ‘मुख्यमन्त्री जी ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना न निम्त्याउनुस्, तपाईंको मागप्रति म गम्भीर छु ।’ जनकपुरमा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा प्रदेश पार्टी कार्यालय उद्घाटन समारोहमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले प्रदेश प्रहरी ऐनले राष्ट्रिय चर्चा पाएको बताए। संविधानमा पहिले संघीय सरकारले प्रहरी ऐन ल्याउने भए पनि प्रदेश सरकारले पहिले प्रदेश प्रहरी ऐन ल्याए मुलुकमा दुर्घटना हुन सक्ने उनले सचेत गराए । संघीयपछि त्यसअन्तर्गत प्रदेशले प्रहरी ऐन बनाउने प्रावधान छु, दाहालले भने ‘मौलिक अधिकारसम्बन्धी जरुरी ऐन पारित गर्नुपरेकोले संघीय प्रहरी ऐन ल्याउन केही ढिलो भएको छ। ढिलो भयो भन्दैमा ओभरटेक गर्न मिल्दैन। ओभरटेक गरे दुर्घटना हुन्छ। ’

अलग मधेस बनाउन खोजिए मधेसीले धोखा पाउने बताए। ुकाठमाडौंबाट मधेस अलग गरी मधेसीको माग पूरा हुँदैनु दाहालले भने, ‘विखण्डनले मधेसको माग पूरा हुँदैन।’ विखण्डनले डाकाहरुको माग मात्र पूरा हुने उनले टिप्पणी गरे। विखण्डनले शत्रुको माग पूरा हुन्छ मित्रको माग पुरा हुँदैन उनले भने।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.