रक्षामन्त्री चीन प्रस्थान प्रस्थान

कात्तिक ६, काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल साताव्यापी भ्रमणका लागि मंगलबार चीन तर्फ प्रस्थान गरेका छन् । बेइजिङ्ग जियान्सेन फोरमको कार्यक्रममा भाग लिन चीनका रक्षामन्त्री वेइ फेङ्गेको निमन्त्रणामा उनी त्यसतर्फ लागेका हुन् ।

रक्षामन्त्री पोखरेलले संयुक्त राष्ट्र संघीय शान्ति मिसन सम्बन्धमा बोल्ने तय भएको रक्षा मन्त्रालयबाट थाहा भएको छ । त्यहाँ १५ देशका रक्षामन्त्री र ४० देशका प्रधानसेनापति समेत भाग लिँदैछन् । कार्यक्रममा १ सय देशका प्रतिनिधि रहने बताइएको छ । भ्रमणका क्रममा चीनले नेपालमा गर्ने १५० मिलियन आरएमबी सहयोगको सहमतिमा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ । सो सहयोग नेपाली सेनाको बिपत्ति व्यवस्थापन अपरेसनका लागि प्रयोग हुने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.