पक्राउ परेका १५ जुवाडेलाई जुवा ऐनअनुसार कारवाही

कात्तिक ६, नवलपरासी । पूर्वी नवलपरासीबाट जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेका १५ जनालाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको छ।

आइतबार बिहान नगद रु चार लाखसहित गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्प नजिकै रहेको खरको टहराभित्र लुकेर कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई प्रहरीले जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको जनाएको हो। पक्राउ परेकालाई जुवा ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको र सोहीअनुसार कारवाही हुने प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए।

पक्राउ पर्नेमा पूर्वी नवलपरासी गैँडाकोट–१ का रमेश श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–५ का विमल श्रेष्ठ, भरतपुर–२ का खुमप्रसाद श्रेष्ठ, भरतपुर–३ का अनिल शाह, भरतपुर–४ का श्याम लामा, भरतपुर–२ का प्रदीप लामा, भरतपुर–११ का निर्मल श्रेष्ठ, भरतपुर–१९ का कृष्णहरि शर्मा, चितवनको रत्ननगर नगरपालिका–१४ का विशाल बस्नेत, सोही ठाउँका कुमार गुरुङ, बाबुराम अर्याल र लमजुङ जिल्लाका बेँसीशहर–२ का विपीन गुरुङ रहेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.