नागढुङ्गामा सुरक्षा जाँचमा कडाई, पटका बरामद

कात्तिक ५, काठमाडौं । तिहार नजिकिँदै जाँदा प्रहरीले काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गामा सुरक्षा जाँचमा कडाई गरेको छ । प्रहरीले उक्त नाकामा प्रविधिसहितको जाँच र कुकुरको समेत प्रयोग गरेको छ ।

तिहारको समयमा पटाका भित्रिने भएकाले जाँजमा कडाई गरिएको हो । तिहारको समयमा भारत हुँदै तराईका जिल्लाबाट प्रतिबन्धित पटाका भित्रिने भएकाले पनि सानाठूला सबै सवारी साधानमा जाँचमा कडाई गरिएको प्रहरीले जनाएको छ ।

यस्तै नागढुंगा चेक प्वाइन्टमा सवारी साधन जाँच गर्ने क्रममा ना ५ख ६५३८बसबाट पटका १० प्याकेट, झिरझिरे ९ प्याकेट र रकेट १ प्याकेट प्रहरीले बरामद गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त नम्बरको यात्रुबाहक बसको डिक्की भित्र रहेको उक्त पटाका प्रहरीले बरामद गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.