चीनले ‘कृत्रिम चन्द्रमा’ बनाउने

कात्तिक ५, काठमाडौं । चीनले सन् २०२० सम्ममा फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने भएको छ ।

चीनको सरकारी पत्रिका पिपुल्स डेलीले जनाए अनुसार चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको छ ।

यस्तो कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने खबरमा उल्लेख गरिएको छ । यसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गरी पृथ्वीतर्फ पठाउन सक्नेछ भने चन्द्रमाको प्रकाश १० देखि ८० किलोमिटर परसम्म फ्याक्न पनि सक्नेछ । थुप्रै वैज्ञानिकले यो घोषणाले अचम्ममा परेको भन्दै यसलाई महत्वकांक्षी परियोजना भनेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.