सिन्धुपाल्चोकको भैंसेमा मिनि ट्रक दुर्घटना

कार्तिक ५, सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको याङ्लाकोट, जलबिरे हुँदै बाह्रबिसे गइरहेको मिनि ट्रक आज विहान साढे १० बजेको समयमा भैंसेमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

अर्को गाडीसँग प्रतिस्पर्धा गर्दै आइरहेको बा४ख ९०१७ नम्बरको मिनि ट्रक सडकमै पल्टिदा दर्जन बढी घाइते भएका छन । भैंसेको मोडमा घुमाउन खोज्दा सडकमा नै मिनि ट्रक पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन । प्रहरीका अनुसार एकको घटनास्थलमै मृत्यु भएको छ भने बाँकीलाई खाडीचौर उपचारर्थ लगिएको छ । जसमा ९ जनालाई थप उपचारका लागि काठमाडौ पठाईएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुशार मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटना भएलगत्तै चालक भने सुरक्षित निस्किएर फरार भएका छन । दसैंको आफन्त भेटघाटमा याङलाकोट, जलबिरेबाट मिनि ट्रकमा चडेर १५ जना जति यात्रु आएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.