कात्तिक ५, रक्सौल । भारतको सशस्त्र सीमा बलले नेपाल –भारत सीमा क्षेत्रबाट ८ करोड ६० लाख मूल्य बराबरको चरेश बरामद गरेको छ । उक्त चरेश पूर्वी चम्पारण क्षेत्रमा बरामद गरिएको हो ।
एसएसबीका १७ औं बटालियन कमाण्डर प्रियाबत शर्माले जनाएअनुसार ४३ केजी चरेश एउटा कारबाट बरामद गरिएको हो । समाचार एजेन्सीहरुका अनुसार उक्त चरेश गएको शुक्रबार राति नेपालबाट भारततर्फ तस्करी गरिएको भारतीय प्रहरीको भनाइ छ । तस्करीमा संलग्न भारतकै कानपुरका ३५ वर्षिय गिर्जेसकुमार शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शर्माले उक्त चरेश आफूले कानपुर लग्न लागेको बताएका छन् । शर्मा सहित चरेश स्थानीय प्रहरी स्टेसन रामगार्हवामा बुझाइएको सीमा सुरक्षा बलले जनाएको छ ।

