कात्तिक ४, कुवेत । कुवेतमा एक घरेलु कामदारको निधन भएको छ । ६ बर्ष पहिला घरेलु कामदारमा कुवेत आएकी खुदुनाबारी ४ झापा घर भएकी तेज माया पौडेलको गत बिहिवार निधन भएको हो ।
४३ वर्षीया पौडेल हृदयघातका कारण निधन भएको श्रोतले जनाएको छ । श्रोतका अनुसार उनी बिहिवार आफुलार्इ अस्वस्थ महसुस भएपछि फर्वानियास्थित मेट्रो क्लिनिकमा उपचार गराउन गएकी थिइन्।
मेट्रोले साधारण उपचार गराइ एम्बुलेन्स मार्फत फर्वानिया हस्पिटलमा रिफर गरेको थियो। फर्वानिया हस्पिटलमा उपचार गर्दा गर्दै करिव साँझ ७ बजेतिर डाक्टरले उनलाइ मृत घोषणा गरेका थिए । नेपाली राजदुतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरले मृतकका आफन्त सम्पर्कमा रहेको र शव नेपाल पठाउन प्रक्रिया अगाडी बढिरहेको बताएका छन् ।

