फ्रान्कफटद्वारा डसेल्डफर्ड ७-१ ले पराजित

कात्तिक ३, काठमाडाैँ । बुन्डेस्लिगा अन्तर्गत गएराति भएको खेलमा फ्रान्कफर्टले डसेलडर्फलाई पराजित गरेको छ । गएराति भएको खेलमा फ्रान्कफर्टले डसेल्डर्फलाई ७-१ गोल अन्तरले पराजित गरेको हो । जितमा २० वर्षीय सर्वियन खेलाडी लुका जोभिचले ५ गोल गर्दै खेलमा नायक सावित भएका थिए । सुरु देखि नै आक्रामक खेलेको फ्रान्कफर्टले खेलको २० मिनेटमा पाएको पहिलो पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो ।

ह्यालरले प्रहार गरेको बलसिधै गोेलमा परिणत भएको थियो । पहिलो गोल भएको ६ मिनेट नपुग्दै जोभिचले टीमका लागि दोश्रो गोल गर्दै खेलमा आग्रता थप बढाएका थिए । त्यसयता, फ्रान्कफर्टको खेल चातुर्यतामा डसेल्डर्फ टिक्न सकेन । खेलको ३४ मिनेटमा पुनः गोल गर्दै फ्रान्कफर्ट पहिलो हाफमा ३-०ले अगाडि थियो ।

पहिलो हाफ भन्दा दोश्रो हाफमा थप शान्दार प्रदर्शन गरेको फ्रान्कफर्टले ५० मिनेटमा गोल गर्दै अग्रता बढाउँदै लगेको थियो । यद्यपी, डसेल्डर्फले खेलको ५३औं मिनेटमा गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन । जोभिचको थप तीन प्रहार भोगेको डसेल्डर्फ अन्ततः पराजित हुन पुज्ञ्ो । खेलको म्यान अफ द म्याच २० वर्षीय लुका जोेभिच चुनिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.