केराको सेवनबाट स्वास्थ्यमा कस्तो फाइदा हुन्छ ? जानिराखौँ !

कात्तिक २, काठमाडौँ । केराले हाम्रो स्वास्थ्यमा एकदमै फाइदा पु¥याउछ । केरा खाँदा तुरुन्त शक्ति मिल्छ भने पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ ।

अध्ययन अनुसार केरा खाँदा धपेडीयुक्त काम गर्नलाई समेत सरीरमा पर्याप्त उर्जा पुग्छ । केरा केवल जिउमा शक्तिवर्धक फल मात्र नभइ हामीलाई विभिन्न रोगबाट बचाउँछ । केरामा ट्रिप्टोफ्यान भन्ने तत्व हुन्छ यो एक प्रकारको प्रोटिन हो र यसलाई मानिसको सरीरले सेरोटोनिनमा बदल्छ । सेरोटोनिन यस्तो तत्व हो यसले आनन्दको महसुस दिन्छ, तनावलाई कम गर्नुुको साथै मूड सुधार्छ र खुसी अनुभुति दिलाउछ ।

केरामा पर्याप्त मात्रामा पोटासियम पाइने हुँदा उच्च रक्तचापलाई नियन्त्रण गर्छ । मस्तिष्कको क्षमता( बेलायतको ट्विकेनह्याम विद्यालयका विद्यार्थीमा गरिएको अध्ययनले केराले विद्यार्थीमा स्मरण शक्ति बढाउने तथ्य प्रमाणित गरेको थियो । केरामा पर्याप्त पोटासियम समेत हुने भएकाले यसले जिउलाई बढि सक्रिय बनाउन मद्दत गर्ने र सिकाइका लागि उत्प्रेरित गर्दछ ।

टाउको दुखाइ अर्थात ह्याङओभरलाई हटाउनका लागि केरा निकै उपयुक्त हुन्छ । दुध र केराको लेदोमा मह मिलाएर पिउनाले टाउको दुखाइ कम हुन्छ ।एक वृद्धलाई ढुङ्गाले हानेर मारेको अवस्थामा भेटिए

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.