कुखुरा मासुको नयाँ परिकार खाने मन छ? यसरी पकाउनहोस् ‘चिकेन अफ्रिटाडा’

कात्तिक २, काठमाडौं ।मासुमा भिटामिन ए, भिटामिन बी र भिटामिन डी, आइरन, जिंक, पोटासियम लगायतका पौष्टिक तत्व हुन्छ। मासु खानाले शरीरलाई आवश्यक प्रशस्त प्रोटिन प्राप्त गर्न सकिन्छ। विभिन्न सोधअनुसार किशोरावस्थामा कुखुराको मासुको निरन्तर खाने मानिसमा ‘कोलोरेक्टल’ क्यान्सरको जोखिम कम हुने गर्छ। त्यस्तै स्वस्थ मासु खाँदा शरिरमा स्फुर्ति आउँछ।

तर सही तरिकाले मासु पकाउन, खान तथा भण्डारण गर्न नजान्दा समेत पाकेको मासुले हाम्रो शरीरमा नकारात्मक असर गर्न सक्छ। त्यसैले मासु किन्दा, पकाउँदा र खाँदा सावधानी अपनाउनुपर्नेमा चिकित्सकहरु जोड दिन्छन्। यस्तै मासुको सोखिन भएर पनि हामी मध्ये धेरै मासुबाट तयार पार्न सकिने विभिन्न परिकारबारे कमै जानकार छौँ।

यदि तपाईं मासुको पारखी हुनुहुन्छ र उपलब्ध मासुबाट कुनै नयाँ परिकार बनाएर आफू र परिवारका सदस्यलाई खुवाउन चाहानुहुन्छ भने आज हामी बिल्कुलै नयाँ परिकार बनाउन सिकाउँदै छौं।

हामीले तपाईंलाई बनाउन सिकाउन लागेको परिकारको नाम हो ‘चिकेन अफ्रिटाडा’।

‘चिकेन अफ्रिटाडा’ फिलिपिन्सको प्रसिद्ध परिकार हो। आज हामी सेफ कुमार चालिसेको सहयोग मार्फत तपाईंलाई कुखुराको मासुबाट यो परिकार पकाउन सिकाउने प्रयास गर्दैछौँ।

तयार गर्ने अवधिः ३० मिनेट

पकाउने अवधिः ३० मिनेट

आवश्यक सामग्रीः

साना टुक्रामा काटिएको हड्डी नभएको ११५ ग्राम कुखुराको फल मासु

२ चम्चा सोया सस

आधा कागती (रस)

कलेजो २ पाउण्ड

५ चम्चा ओलिभ ओयल

२ टुक्रा आलु (चौथाइ काटेको)

१ प्याज (मसिनो गरी काटिएको)

लसुन २ पोटी (पिसेको)

२ वटा ठूला टमाटर (मसिनो पारेर काटेको)

एउटा हरियो भेडे खुर्सानी (टुक्राइएको)

नुन र मरिच (स्वाद अनुरुपको मात्रा लिने)

पकाउने विधि

१। सर्वप्रथम सम्पूर्ण पूर्वतयारी गरिसक्ने।

२। त्यसपछि सबै सामग्री र उपकरण तयार पार्ने।

३। चिकेनलाई ठूलो भाँडामा राखेर त्यसलाई छोप्ने गरी प्रशस्त पानी हाल्ने।

४। सोया सस र कागतीको रस उक्त पानीमा मिसाएर चलाउने।

५। यसलाई ५ मिनेटसम्म उमाल्ने र चिकेनलाई निकालेर पानीमा राख्ने।

६। भाँडामा पुनः ताजा पानी भरेर चिकेन कलेजोलाई ५ मिनेट उमाल्ने।

७। अनि कलेजोलाई सेलाउन दिएर खान मिल्ने स­साना टुक्रा पार्ने।

८। ३ चम्चा ओलिभ ओयललाई मन्द आँचमा बसालेको तावामा तताउने। त्यसमा आलु हाल्ने र रातो हुने गरी ७ देखि १० मिनेटसम्म भुट्ने।

९। पेपर टावल बिछ्याइएको प्लेटमा आलु खन्याउने।

१०। अझ २ चम्चा ओलिभ ओयल तावामा तताउने अनि बास्ना नआउञ्जेल २ देखि ५ मिनेटसम्म लसुन र प्याज फुराउने।

११। त्यसमा हड्डीरहित चिकेन र कलेजो हाल्ने। अनि छोपेर ५ मिनेटसम्म पकाउने। त्यसमा टमाटर थपेर चलाउँदै ५ मिनेट पकाउने।

१२। आलु र भेडे खुर्सानी पनि तावामा थप्ने। नुन र मरिच छर्किने। अर्को ५ मिनेट पकाउने।

त्यसपछि यसरी पकाइएको भएको चिकेज अफ्रिटाडा खानलाई तयार हुन्छ।

यो परिकार पकाउने विधि दुई दशकदेखि क्रियाशील वरिष्ठ सेफ कुमार चालिसेको सहायतामा तयार पारिएको हो। उनी अष्ट्रेलियाको ‘टेफ एनएसडब्लु’ नामक संस्थाद्वारा ‘ट्रेनिङ एण्ड एसेसमेन्ट’ का लािग ‘सर्टिफाइड’ सेफ हुन्।

उनले पाकशाष्त्रमा आधारित तीन पुस्तक लेखेका छन्। त्यस्तै सेफ एसाेसिएसन अफ नेपालका

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.