काभ्रेबाट हराएका ३९६ महिला तथा बालबालिकामध्ये १५० अझै फेला परेनन्

कार्तिक १,धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाबाट मात्रै तीन वर्षमा करिब १५० महिला तथा बालबालिका हराएका छन । ती हालसम्म फेला नपरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जनाचाहिँ फेला परेको जिल्ला प्रहरी कार्यालयकाे महिला तथा बालबालिका सेवा केन्द्र धुलिखेलले जनाएकाे हाे । केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७२।०७३ देखि हालसम्म ३९६ महिला तथा बालबालिका हराएकोमा तीमध्ये १४५ जना अझै फेला परेका छैनन
आ व २०७२।०७३ देखि यही असोज अन्तिम सातासम्म २७९ महिला, ३३ बालक र ८० बालिका हराएकाले आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । उनका अनुसार आव २०७२।०७३ मा १११ , २०७३।०७४ मा १०९, आव २०७४।०७५ मा १६१ तथा चालू आवको असोज अन्तिम सातासम्म १५ महिला तथा बालबालिका हराएको निवेदन आएको थियाे ।

हराएका ३९६ महिला तथा बालबालिकामध्ये महिला १५८ तथा बालक २६ जना र बालिका ५७ जना फेला परेका हुन । प्रनाउ गिरीले हराएकाहरुको खोजी गर्न जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरेको र खोजी तीव्र पारिएको बताए ।

हराउने महिला तथा बालबालिकामध्ये आधाजसो प्रहरीको सक्रियतामा भेटिन्छन भने अन्य आफन्तकै पहलमा भेटिने गरेकाे गिरीले बताए ।

पछिल्ला केही वर्षयता काभ्रेपलाञ्चोकबाट महिला तथा बालबालिका हराउने क्रम बढिरहेकाले प्रहरीले हराएकाहरुको खोजी गर्ने छुट्टै एकाइ बनाउनुपर्ने जिल्लास्थित मानवअधिकारकर्मी भोजराज तिमल्सिना बताउछन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.