एकाएक बढ्यो चिसो, देशभर वर्षा र हिमाली भेगमा हिमपातको संभावना

मंसिर ३, काठमाडौं । एकाएक मौसम बदलिएपछि उपत्यकासहित देशभर चिसो बढेको छ । हिजोदेखि बदलिएको मौसम आज पनि देशभर कायम रहने भएको छ ।

नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेछ । जसकाकारण देशका अधिकांश भू–भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको जल तथा मौसम विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली भई बांकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ।

त्यस्तै, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी भेगमा वर्षासहित हिमपात र हिमाली भेगमा हल्का हिमपातको सम्भावान रहेको पनि महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको संभावना रहेको छ ।

देशका अधिकांश भू– भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House

Comments are closed.