मनिका लोप्चन ।
पुस १४, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा जय श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभामा बोल्दै वक्तहरुले समृद्ध राष्ट्र निर्माणमा सहकारीको उल्लेख्य भूमिका रहेको बताएका छन् ।
सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य कृष्ण सांसद राईले समाज, राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पु¥याउँदै आएको व्यक्त गरेका छन् । सहकारीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न आवश्यक रहेका बताउँदै उनले सहकारी ऐन कानुनलाई निर्माण तहमा आफ्नो भुमिक रहेको उल्लेख गर्दै आवश्यक पर्ने कानुन तथा नीति परिमार्जनमा आफु लागि पर्ने समेत प्रतिवबद्धतता व्यक्त गरे ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले नगरभरि रहेका सहकारीहरुलाई थप उजागर गर्न आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका आवश्यक सहयोग गर्ने बताए । नगर प्रमुख चालिसेले सहकारीलाई आर्थिक आम्दानीको सार्वधिक आयम रुपमा रहेको भन्दै उत्पादनको कार्यमा समेत लगानी गर्न आग्रह गरे ।

उक्त साधारण सभामा सहकारीका अध्यक्ष नन्दराम महतले वार्षिय प्रगति विवरण प्रस्तुत गर्दै सेयर सदस्य, बचतकर्ता तथा कर्मचारीहरुलाई थप हौसाला प्रदान गरेका थिए । साथै उत्कृष्ठ बचत कर्ता, ऋणी व्यवसायी, शेयरधनी तथा कर्मचारीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।



Comments are closed.