राष्ट्रियसभामा नेकपाका श्रेष्ठ, न्यौपाने र दाहाल विजयी

माघ ९, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याउनुभएको हो । उहाँलाई नेकपाले अन्य समूहमा उम्मेदवार बनाएको थियो ।

महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले तीनहजार तीनसय ६६ मत ल्याएर जित्नुभयो भने नेपाली काँग्रेसका उम्मेदवार विमला गौतमको दुईहजार तीसय ४० मत प्राप्त गर्नुभएको थियो ।वि.सं.२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा –२ मा श्रेष्ठ सात हजार मतान्तरले डा। बाबुराम भट्टराईसँग पराजित हुुनुभएको थियो ।

यसैबीच, प्रदेश नम्बर–२ मा नेकपाकी तुलसा दाहाल राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ । महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगिनाले ४७ सय ४० मतभार ल्याउनुभयो भने तुलसाले ५२ सय ८ मत ल्याउनुभयो । निर्वाचनमा दुई मत बदर भएको थियो ।

सम्बन्धित समाचार