जिम्मेवारी हेरफेर गर्न हतार गर्दिन : स्वास्थ्य मन्त्री ढकाल

big bite restro

मंसिर १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभाग टेकुको निरीक्षण गरेका छन्।

स्वास्थ्य मन्त्रीका रूप उनले विभागको पहिलो औचारिक भ्रमण गर्दै विभागस्थित महाशाखा र केन्द्रहरूको ब्रिफिङ लिए।ब्रिफिङका क्रममा विभिन्न महाशाखा प्रमुखले कर्मचारी अभाव, दरबन्दी भएर पनि जनशक्ति अभाव, बजेट अभाव, समायोजनले पारेको असर र स्वास्थ्यले गरेको उपलब्धी बारे मन्त्रीलाई जानकारी गराएका थिए। स्वास्थ्य सेवा नियमावली, जनस्वास्थ्य सेवा नियमावली स्वीकृत नहुँदाका समस्या, तीन तहको सहकार्य र समन्वयमा समस्या, औषधि खरीदमा समस्या, समयमा रिपोर्टिङ नहुँदाका समस्या लगायतबारे पनि मन्त्रीको ध्यानाकर्षण गराइएको थियो। स्वास्थ्य मन्त्री ढकालले सबै बुझेर सचिवलगायतको जिम्मेवारी हेरफेर गर्ने तर अहिले हतार नगर्ने बताए। उनले कामलाई बाधा नपर्ने गरि समयमै अघि बढाउने विश्वास दिलाए।

समायोजन न्यायसंगत हुनेगरि गर्नुपर्ने भन्दै उनले व्यवहारिक हुने गरि काम गर्ने उल्लेख गरे। उनले भने, ुअहिले म सुन्ने चरणमै छु। सांगठनिक रूपमा धेरै कर्मचारी भएको ठूलो मन्त्रालय हो। तर यो विधि अनुसार चलेको छरछैन त्यो महत्त्वपूर्ण हो।ु सरकारले लिएको म्यान्डेट अनुसार नै अघि बढ्ने भन्दै मन्त्री ढकालले भने, ‘प्रत्येक व्यक्ति फाइल बोकेर मन्त्रीकहाँ आउनु ठिक होइन, यो सुधार गर्नुपर्छ।’ उनले फाइल सचिव, राज्यमन्त्री हुँदै सिस्टमबाट आउन निर्देशन दिए। ‘मलाई स्वास्थ्य मन्त्रालयमा त माछा व्यापार हुन्छ रे भनेर साथिहरूले भन्छन्, केही बेथितिबारे सुनेको छु, बुझ्दै पनि छु’ उनले भने।

उनले कार्यक्रममा विदेश जानुपर्ने कुरालाई सिस्टममा ल्याउने भन्दै देशको सिमाना नाघेर जाने कुरा सम्बन्धित व्यक्ति लाई थाहै नहुने गरी जाने लोकतन्त्र आइनसकेको पनि बताए । स्वास्थ्यराज्य मन्त्री नवराज रावतले समयमै गुणस्तरीय औषधि तल्लो तहसम्म पुर्याउनेतर्फ ध्यान दिनुपर्ने बताए। सुत्केरी हुन नसकेर, झाडापखाल, सिटामोल नपाएर, दुर्घटनामा परेर धेरै मर्ने ठाउँ कर्णाली प्रदेश भएको राज्यमन्त्री नवराज रावतको भनाइ छ। उनले कर्णाली प्रदेशलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। समायोजनका विषयमा स्वास्थ्यले सामान्य मन्त्रालयलाई मात्र दोष दिन नमिल्ने उनले बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोशन पोखरेलले तीनै तहमा समन्वय गर्न समस्या, क्षयरोग, एड्सजस्ता रोगका औषधि खरीदमा समस्या भएको बताए।उनले कतिपय महत्त्वपूर्ण फाइल लामो समय मन्त्रालयमा अड्किदा कामहरू रोकिएको पनि बताए।

सम्बन्धित समाचार