मूलुक परिवर्तनमा पुस्तकालयको महत्वपूर्ण योगदान – मन्त्री थापा

big bite restro

प्रारम्भ खबर ।
कात्तिक १०, काठमाडौँ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले मुलुकको हरेक परिवर्तनमा पुस्तकालयको योगदान महत्वपूर्ण रहेको बताईन् ।

काठमाडौँको कागेश्वरी आलापोटमा रहेको कागेश्वरी पुस्तकालय साहित्यिक धामले आयोजना गरिएको १११ औँ लक्ष्मी जयन्ती तथा साहित्यिक कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताईन् । प्रमुख अतिथि समेत रहेकी मन्त्री थापाले नेपाली भाषालाई विस्तार गर्न र विभिन्न समुदायमा जनचेतना जगाउनका लागि पुस्तकालयले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्दै आएको स्पष्ट पारिन् । मन्त्री थापाले भनिन्– ‘साहित्य समाजको यर्थात ऐना हो, यसको संरक्षण पुस्तकालय गर्दछ ।’ पुस्तकालयबारे चर्चा गर्दै समाजको सम्पूर्ण यर्थतालाई बाहिर ल्याउने र निरंकुशता विरुद्ध जनचेतना जगाउन पुस्तकालयले पु¥याएको योगदानबाटै मुलुकमा गणतन्त्र स्थापना भएको बताईन् ।

कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद कृष्ण राईले लक्ष्मी प्रसाद देवकोटाको सम्झनामा साहित्यिक विचार राखेका छन् । साहित्यिक विचार……….डाहा गर्नेहरु जलेर मर्छन आफैँ, भित्रभित्रैदेखि गलेर मर्छन् आफैँ । चकचकेहरु चकचक गरी चलाउँदै जलेर मर्छन् आफै, डाहा गर्नेहरु भित्रभित्रैदेखि गलेर मर्छन् आफैँ । सांसद राईले आफ्नो साहित्यिक प्रस्तुति सहित पुस्तकालयको लागि शुभकामना व्यक्त गरे ।

त्यस्तै काठमाडौँ क्षेत्र नं. ३ (ख) का प्रदेश सांसद एवम् नेकपा प्रदेश नं. ३ का प्रमुख सचेतक रामेश्वर फुयाँलले विपि, शुसिल, पुष्पलाल, मदन भण्डारी लगायत राजनेताहरुको विचारलाई मुलुक रुपान्तरण र विकासको अभियानको रुपमा लैजाने बताए । अबको कामहरु जनताको दैनिकि जीवनसंग जोडिएर अघि बढाउनुपर्ने आवश्यकता भएको औल्याउँदै प्रदेश सरकारले त्यसको लागि  तत्परता  अपनाउने उल्लेख गरे । कागेश्वर मनोहरा नगरपालिका अन्र्तगत आलापोट वडा नं. २ मा रहेको सो पुस्तकालय भवन निर्माण तथा लक्ष्मीप्रसाद देवकोटाको सालिक निर्मार्णका लागि सांसद फुयाँलको पहलमा प्रदेश सरकारबाट रु. ५० लाख सहयोग उपलब्ध गराएको पुस्तकालय व्यवस्थापन समितिले बताए ।

साहित्यिक कार्यक्रममा कविता प्रतियोगीता समेत भएको थियो । उक्त प्रतियोगीतामा प्रथम हुन सफल भएको कवि सरोज कटुवालले आँशुको प्यास शीर्षकमा कविता वाचन गरेका थिए । त्यस्त द्वितिय हुन सफल मिसान अधिकारी ‘यो देश के गर्दै छ ?’ शीर्षकको कविता प्रस्तुत गरिएका थिए भने कवि राजिव राना तितृय बन्न सफल भएका थिए ।  पुस्तकालयकै आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको र शिखर छहरी साँस्कृतिक कला केन्द्रको विशेष प्रस्तुती रहेको थिायो ।

सम्बन्धित समाचार